सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका सिडिओले भने– अझै लकडाउन उल्लंघन भए ६ महिना कैद हुनसक्छ

२०७६ चैत्र १९, ०७:५१ खबर संवाददाता

धनगढी : थप गरिएको लकडाउनको अवधिमा उल्लंघन गर्ने क्रम बढेपछि कैलाली प्रशासनले कडाई गर्न थालेको छ। प्रदेशको अस्थायी राजधानी रहेको धनगढी र जिल्लाका विभिन्न स्थानमा लकडाउनको उल्लंघन बढेपछि प्रशासनले कडाई गर्न थालेको हो।

केही दिन लकडाउन उल्लंघन गरेपनि कारवाहीको दायरामा ल्याउन नसकेको स्थानीय प्रशासनले मंगलवारदेखि भने कडाई गर्न थालेको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले लकडाउनलाई वेवास्ता गर्दै साँझको समय सर्वसाधारणहरु सडकमा पैदल तथा सवारी साधन सहित निस्किन थालेपछि कडाई गरिएको बताए। 

उनले दिनेश खवरलाई भने, ‘बुधवार साँझ बजार क्षेत्रमा चहलपहल बढेको देखियो। लकडाउनको उल्लंघन गर्दै पैदल हिड्ने र सवारी चलाईरहेको समेत देखियो। अव स्थानीय प्रशासनले यस्तो वेवास्ता सहन सक्दैन्। हामी अवज्ञा गर्नेलाई कारवाहीको दायरामा ल्याउछौ।’ उनले लकडाउनसंगै कैलालीमा अहिले पनि निषेधाज्ञा यथावत रहेको नबिर्सीन सबैलाई आग्रह गरे।

निषेधााज्ञा उल्लंघन गर्नेलाई ६ महिना सम्म कैद सजायको व्यवस्था रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी बोहराले भने, ‘सरकारले जारी गरेको लकडाउन जनताको सुरक्षाको लागि हो। पटक–पटक स्थानीय प्रशासनको आदेश उल्लंघन भए हामी कारवाहीको दायरामा ल्याउन बाध्य हुनेछौ। त्यो क्रममा ६ महिना कैद पनि हुनसक्छ।’

जिल्ला प्रहरी कार्यालय कैलालीले पनि लकडाउनको अवज्ञा बढेको भन्दै मंगलवारदेखि कडाई गरेको जनाएको छ। प्रहरीले धनगढी क्षेत्रबाट मात्रै मंगलवार साँझ ६४ सवारी साधन नियन्त्रणमा लिएकोमा आज उल्लंघन गरे नियन्णमा लिएर कनुनी कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

कमेन्ट लोड गर्नुस