२० जना भारतीयलाई धनगढीको त्रिनगर माविमा राखियो
२०७६ चैत्र १८, ०७:२२
धनगढी : सुदूरपश्चिमका विभिन्न स्थानमा काम गर्दै आएका २० जना भारतीयलाई धनगढीको त्रिनगर माविमा राखिएको छ। लकडाउनकाबीच भारत जान गौरीफन्टा नाका पुगेका २० जनालाई ल्याएर त्रिनगर माविमा राखिएको हो।
उनीहरुको खानाको व्यवस्थापन भने उप–महानगरपालिकाले गर्ने छ। अन्य व्यवस्थापनका लागि यस क्षेत्रका सामाजिक संस्थाले सहयोग गरेका छन्।
कमेन्ट लोड गर्नुस