सेती अस्पतालका तीनै जना स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट 'नेगेटिभ'
धनगढी: कोरोनाका बिरामीको स्वाब संकलन गर्ने र उपचारमा खटिने सेती प्रादेशीक अस्पतालका तीन जना स्वास्थ्यकर्मीको कोरोना भाइरसकाे रिपोर्ट नेगेटिभ आएकाे छ। उपचारमा खटिएकामध्ये तीनजनाकोे थ्रोट स्वाब परीक्षण गरिएको थियो।
मंगलबार तीनै जनाकाे काेरोना संक्रमण रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशीक अस्पतालका आकस्मीक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए।
चैत ११ गते सेती प्रादेशीक अस्पतालमा भर्ना भएका धनगढी उपमहानगरपालिका ३४ वर्षका एकजना युवामा कोरोना पोजेटिभ देखिएको थियो।