सुदूरपश्चिमका लागि कोरोना प्रयोगशालाका उपकरण लिएर हेलीकोप्टर उड्यो
धनगढी : संघिय सरकारले कोरोना भाईरसका सम्भावित विरामीको नमूना परिक्षणका लागि खरिद गरेको प्रयोगशालाका समाग्री सुदूरपश्चिम पठाएको छ।
चीनबाट खरिद गरी ल्याईएका प्रयोगशालाका उपकरण र पाँचजना स्वास्थ्यकर्मीको टोली सहित हेलीकोप्टर काठमाडौँबाट उडेको हो।
सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले नेपाली सेनाको हेलीकोप्टर मार्फत प्रयोगशालाका उपकरण लिएर उडेको बताए। हेलीकोप्टर केही बरेमा धनगढी विमानस्थलमा ल्याण्ड गर्ने बताईएको छ।