सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मानव सेवा आश्रमलाई सहयोग

२०७६ चैत्र १८, ०४:३६ खबर संवाददाता

धनगढीमा: धनगढीमा रहेको मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरिएको छ। आश्रमलाई त्रिनगर हाट बजारका अध्यक्ष भवानी सिंह चैसिरले तरकारी सहयोग गरेका छन्।

त्यस्तै धनगढी होलसेल व्यवसायी संघले मानव सेवा आश्रमलाई नगद ५१ सय सहयोग गरेको छ। संघको तर्फबाट अध्यक्ष तिलक चन्द खतिवडाले नगद हस्तान्तरण गरेका हुन। 

यस्तै अहिले कोरोना भाईरसको रोकथामका लागि लकडाउन जारी भएकाले आश्रममा आश्रय लिईरहेकाको पालनपोषणमा समस्या आएको भन्दे आश्रमका अभिभावक सिद्धराज पनेरुले सहयोगका लागि समेत अपिल गरेका छन्। 

असाहयलाई आश्रय दिइरहेको मानव सेवा आश्रमलाई देशमा लकडाउन भएपछि समस्या भएको छ। आफूहरुलाई यसबेला सहयोग गर्न आश्रमले सबैमा अपिल समेत गरेको छ।  

कमेन्ट लोड गर्नुस