सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल भ्रमण वर्ष औपचारिक रुपमा स्थगित

२०७६ चैत्र १८, ०४:०० खबर संवाददाता

सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। अप्रिलसम्मका लागि मात्र स्थगित भएको यो अभियान अब भने औपचारिक रुपमा स्थगित भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको हो। 

भ्रमण वर्षको केशरमहलस्थित सचिवालयसमेत १ वैशाख २०७७बाट विघटन हुने उनले बताए। 

कमेन्ट लोड गर्नुस