सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका निजी अस्पतालहरुको लाईसेन्स खारेज गर्न मेयरको माग

२०७६ चैत्र १८, ०३:०२ खबर संवाददाता

धनगढी : धनगढी उप–महानगरपालिकाका मेयर नृप वडले समस्या पर्दा सेवा नदिने निजी अस्पतालहरुको लाईसेन्स खारेज गर्नुपर्ने बताएका छन्। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयद्धारा आज धनगढीमा आयोजित छलफल कार्यक्रममा मेयर वडले यस्तो बताएका हुन्। 

विपद्को समयमा सेवा नदिने अस्पतालहरुको लाईसेन्स खारेज गर्ने विषयमा छलफल केन्द्रित पार्नुपर्ने उनको तर्क थियो। धनगढी क्षेत्रमा रहेका फार्मेसीहरुले समेत सुरक्षाका सामाग्री उपलव्ध नगराएको भन्दै उनीहरुमाथि पनि निगरानी राख्नुपर्ने तर्क उनको थियो।

कमेन्ट लोड गर्नुस