सुदूर नेपाललाई विश्वसँग जोड्दै

फ्रन्टलाईनमा खटिएका सुरक्षाकर्मी पनि जोखिममा

२०७६ चैत्र १८, १२:३३ रोशन भट्ट

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुले कपडाको मास्क मात्र लगाएको देख्न पाईन्छ। कोरोना रोकथामका लागि जारी लकडाउनको पूर्ण कार्यान्वयन गराउँन तथा नागरिकको सुरक्षा गर्दै कोरोना रोकथामका लागि अग्रपंक्ती (फ्रन्ट लाईन) मा खटिएका सुरक्षाकर्मीसँग व्यक्तिगत सुरक्षाका समाग्री नहँुदा कोरोनाको जोखिम बढेको छ।

डिउटीमा खटिनेहरुका लागि केही दिन पुग्ने मास्क, पन्जा, सेनिटाईजर जस्ता समाग्रीहरु मौज्दात रहेपनि पर्याप्त नहुँदा समस्या हुने देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता दक्षकुमार बस्नेतले बताए। ‘जो कोहीले सुरुमा प्रहरीलाई खवर गर्ने र प्रहरी सम्पर्कमा जाने, संक्रमित हुन् वा भारतबाट आएकाहरुको व्यवस्थापनमा प्रहरी नै खटिने भएका कारण जोखिम उच्च छ’ उनले भने, ‘सुरक्षाका समाग्रीहरु प्रर्याप्त नहुँदा समस्या भएको छ।’

कोरोना भाईरसका संक्रमीतको उपचारमा खटिने स्वास्थ्यकर्मी जस्तै सुरक्षाकर्मीलाई पनि आवश्यक समाग्री अभावकै कारण जोखिम बढेको हो। अहिले नेपाल प्रहरी मात्र नभएर सशस्त्र प्रहरी पनि लकडाउन कार्यान्वयनका लागि लागिपरेको छ। सशस्त्र प्रहरी पनि जनपद प्रहरी जत्तीकै जोखिममा छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ नम्बर गण हेडक्वाटर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक कमल तिउसिनाले बताए। ‘सिमानाकामा र फिल्डमा खटिने हिसाबले सशस्त्र प्रहरीलाई पनि उच्च जोखिम छ’ उनले भने, ‘पहिलो जवाफदेही प्रहरी नै भएका कारण जोखिम धेरै छ।’

कोरोनाको जोखिमका बिच सुरक्षामा खटिने प्ररही कर्मचारीलाई नियमित रुपमा सेनिटाईजर गरिरहेको जिल्ला प्रहरी कार्यालयहरुले जनाएका छन्। धनगढीमै कोरोना संक्रमित भेटिएपछि सुदूरपश्चिम पनि झनै जोखिममा छ। छिमेकी मुलुक भारतमा समेत कोरोनाको संक्रमण फैलिएका बेला पश्चिमी सिमा नाका गड्डाचौकी र गौरीफन्टा भएर सयौँ नेपाली स्वदेश फर्किएका छन्। उनीहरुसंग पनि प्रहरीको प्रत्यक्ष भेटघाट हुने भएका कारण जोखिम बढेको हो।

तर स्वास्थ्यकर्मी जस्तै प्रहरीलाई पनि सुरक्षाका समाग्री आवश्यक पर्ने भएपनि प्रर्याप्त मात्रामा उपलब्ध नहुँदा समस्या भईरहेको सुदूरपश्चिमका निमित्त प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक देवबहादुर बोगटीले बताए। ‘अहिले आफैले वनाएका मास्कहरु, सेनिटाईजर र पन्जाहरु प्रयोग गरिरहेका छौँ’ उनले भने, ‘सुरक्षाका समाग्रीहरुको माग गर्दै प्रहरी प्रधान कार्यालय संगै प्रदेश सरकारलाई पनि खवर गरेका छौँ।’ छिमेकी मुलुक चिनको वुहान सहरबाट फैलिएको कोरोना भाईसरको उच्च जोखिममा नेपाल पनि रहेकको विश्व स्वस्थ्य संगठनले जनाएको छ। अहिले सम्म पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भईसकेको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस