सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमणको आशंकामा दुई कर्मचारी आइसोलेशनमा भर्ना

फाईल फोटो
फाईल फोटो
२०७६ चैत्र १८, ०५:५२ खबर संवाददाता

डोल्पा जिल्ला अस्पतालमा २ जना कर्मचारीलाई आइसोलेशनमा भर्ना गरिएको छ। शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका दुई कर्मचारीलाई अस्पतालको आइसोलेशनमा राखिएको हो। उच्च ज्वरो आएको र अन्य लक्षण पनि देखिएपछि दुई जनालाई अस्पतालको आइशोलेसनमा राखिएको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले बताए।

डाक्टर रावलका अनुसार ज्वरो, खोकी, आँखा दुख्ने, नाकबाट पानी बग्ने जस्ता लक्षणहरु देखिएपछि आईशोलेसनमा राख्नु परेको हो। ती कर्मचारीहरू लकडाउन हुनुभन्दा पहिला नेपालगन्जबाट डोल्पा आएकोले पनि थप चेक जाँचको लागि राखिएको उनको भनाई छ।

अहिले बिरामीको अवस्था सामान्य नै भएको तर केही लक्ष्यणहरु कोरोनाका लक्षणसँग मिल्दा जुल्दा देखिएकोले सजकताको लागि अस्पतालको आइशोलेसनमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। प्रजिअ सुनारले भने ‘बिरामीको नमुना भोलि प्रदेशमा पठाउने तयारीमा छौ, बिरामीको अवस्था जटिल नभएको चिकित्सकले जानकारी दिएका छन्।’

‘लक्षण संकास्पद छन्’ डाक्टर सिजन रावलले भने, ‘नमुना परीक्षण नगरी कुनै पनि कुरा भन्न मिल्दैन’ आईशोलेसन बेड मापदण्ड अनुसार नभएको भएपछि सुरक्षित चेक जाँच नै गर्ने उनको भनाई छ। डोल्पा जिल्लामा यति बेला एक सय भन्दा धेरै क्वारेन्टिनमा छन् भने आईशोलेसनमा बस्ने दुई जना पहिलो बिरामी हुन्।

कमेन्ट लोड गर्नुस