सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीमा पौडी खेलेर दार्चुला पुग्दै नेपाली (भिडियो सहित)

२०७६ चैत्र १७, ०२:२६ खबर संवाददाता

दार्चुला : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण थप हुन नदिन सरकारले सीमानाका बन्द गर्दै लकडाउन गरेको छ। तर भारतमा मजदुरी गर्दैै आएकाहरु फर्किने क्रम अझै रोकिएको छैन्।

सुदूरपश्चिममा भारतसँग जोडिएका सीमानाकाबाट अहिले पनि दैनिक सयौँको संख्यामा फर्किरहेका छन्। दार्चुलाका सीमा नाकामा रोकिएका सयौँ नेपाली नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै नाराबाजी समेत गरेका छन्।

नाराबाजीकाबीच अहिले सम्म तीन जना नेपाली भने उर्लदो महाकाली नदीमा पौडी खेलेर दार्चुला पुगेका छन्। उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस