सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा पौडी खेलेर दार्चुला पुगे एक युवक

२०७६ चैत्र १७, १२:३४ खबर संवाददाता

विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९) को संक्रमण थप हुन नदिन सरकारले सीमानाका बन्द गर्दै लकडाउन गरेको छ। तर भारतमा मजदुरी गर्दैै आएकाहरु फर्किने क्रम अझै रोकिएको छैन्।

सुदूरपश्चिममा भारतसँग जोडिएका सीमानाकाबाट अहिले पनि दैनिक सयौँको संख्यामा फर्किरहेका छन्। दार्चुलाका सीमा नाकामा रोकिएका सयौँ नेपाली नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै नाराबाजी समेत गरेका छन्।

नाराबाजीका बिच एकजना प्रवेश नाका बन्द भएपछि महाकाली नदीमा पौडी खेलेर दार्चुला पुगेका छन्। बैतडीको डिलासैनी गाउँपालिकाका  पुरुष नदीमा पौडी खेलेर दार्चुला पुगेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस