भारतबाट धनगढी भित्रिएका २९ जनाले बस पाए, भाडा नभएको गुनासो
धनगढी : भारतका विभिन्न सहरबाट धनगढी भित्रिएका २९ जना अझै सम्वन्धित जिल्ला गएका छैनन्। स्थानीय प्रशासनले बसको व्यवस्थापन गरेपनि भाडा नभएको भन्दै उनीहरु अहिले धनगढीको रंगशालामा छन्।
उनीहरु भारतको विभिन्न क्षेत्रबाट धनगढी उप–महानगरपालिका वडा नम्वर २ को नल्काघाट हुँदै धनगढी भित्रिएका थिए। ३९ जना धनगढी भित्रिएका थिए भने अन्य १० जना सम्बन्धित स्थानमा गईसकेका छन्। बाजुरा २३, डोटी चार र डडेल्धुरा दुई जना भने आफुसंग भाडा रकम समेत नभएको भन्दै सरकारले निशुल्क सम्बन्धित जिल्लामा पुगाउनुपर्ने अडानमा छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले उनीहरुको व्यवस्थापन भईरहेको दिनेश खवरलाई जानकारी दिए।