सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका युवकको मलेसियामा मृत्यु

२०७६ चैत्र १७, ०७:०९ खबर संवाददाता

सुदूरपश्चिमका एक युवकको मलेसियामा मृत्यु भएको छ। डोटीको शिखर नगरपालिका ९ घर भएका सुरेश नागरीको मृत्यु मलेसियाको क्वालालम्पुरमा भएको हो। एक कम्पनीमा काम गर्दै आएका उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको मृत्यु शंकास्पद भएको बताईएको छ। भुईमा खुट्टा टेकेको अवस्थामा मृत भेटिएका नागरीको कोठामा पनि रगत पाईएको छ। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस