सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने’

२०७६ चैत्र १६, ०७:३१ खबर संवाददाता

नेपाल राष्ट्र बैंकले सहुलियत घोषणा गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले यस्तो घोषणा गरेको हो। 

अब कारोनाले असर परेका क्षेत्रका ऋणिले चैतमा तिर्नुपर्ने कर्जा असार मसान्तसम्ममा तिर्दा हुने राष्ट्र बैंकका कार्यवाहक गभर्नर चिन्तामणि शिवाकोटीले बताए।

यदि कसैले चैत महिनामा नै तिर्न चाहे ब्याजमा १० प्रतिशत छुट पाउने छन् ।

कमेन्ट लोड गर्नुस