सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेशबाट फर्कनेलाई १४ दिन क्वारेण्टीनमा बस्न अनुरोध

२०७६ चैत्र १६, ०५:५९ खबर संवाददाता

वैदेशिक रोजगार बोर्डले विदेशबाट फर्किएकालाई १४ दिन क्वारेण्टीनमा बस्न अनुरोध गरेको छ। कोरोनाको जोखिम भएको देशबाट फर्कनेहरुमा कोरोनाको सङक्रमणको जोखिम हुने भन्दै १४ दिनसम्म आफ्ना परिवार, साथीभाइ तगा आफन्तसँग भेटघाट नगरी एकान्तबासमा बस्न बोर्डले अनुरोध गरेको हो।

साथै, ज्वरो आउने, सास फेर्न गाह्रो हुने, निरन्तर खोकी लाग्ने वस्ता समस्या देखिएको तुरुन्त स्वास्थ्य संस्थमा जचाउन पनि बोर्डको अनुरोध छ।

पछिल्लो समय विदेशबाट फर्किएकामा कोरोनाको सङक्रमण पुष्टि भएकाले विदेशबाट फर्किएका छन् भने कोरोनाको लक्षण देखिएको छैन भने पनि क्वारेण्टीनमा बस्न सरकारले पनि अनुरोध गरिरहेको छ। कतिपय पालिकाले नै विदेशबाट फर्कनेको तथ्याँक राख्न र क्वारेण्टीनको व्यवस्था समेत गर्न थालेका छन्।

कमेन्ट लोड गर्नुस