सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टाबाट ६४ जना नेपालीको उद्धार

२०७६ चैत्र १६, ०५:३१ खबर संवाददाता

धनगढी: लकडाउनकाबिच त्रिनगर भन्सार नाका र अन्य विभिन्न नाकामा अलपत्र परेका ६४ जनाको उद्धार गरिएको छ।

धनगढी उप–महानगरपालिकाका १२ जना, गौरीगंगा नगरपालिकाका ११ जना, टिकापुरका ७ जना, लम्कीचुहा, घोडाघोडी, भजनी नगरपालिका र जानकी गाउँपालिकाका एक÷एक जनाको उद्धार गरिएको स्थानीय प्रशासनले जनाएको छ। 

यस्तै बाँके जिल्लाका १५ जनालाई उद्धार गरेर सम्वन्धीत ठाउँमा पठाईएको छ। यस्तै डोटीका ४ जना, बाजुराका १३ , बैतडीका १ जना, अछामका १ जना र डडेल्धुराका १ जनालाई सम्वन्धीत जिल्लामा नै क्वारेन्टाईनमा राख्नेगरि पठाउने तयारी भईरहेको स्थानीय प्रशासनले जनाएको छ।

धनगढीका १२ जनालाई क्वारेन्टाईनमा राखिएको उप–महानगरपालिकाका मेयर नृप वडले बताए।

कमेन्ट लोड गर्नुस