सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कोरोना परिक्षण प्रयोगशाला स्थापना गर्न संघिय सरकारले कर्मचारी खटायो

२०७६ चैत्र १६, ०४:५१ खबर संवाददाता

विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको परिक्षणका लागि संघिय सरकारले धनगढीमा  प्रयोगशाला स्थापनाका लागि कर्मचारी खटाएको छ।

संघिय सरकारको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी  प्रयोगशाला स्थापनाका लागि आवश्यक उपकरण आईपुगेको बताउँदै कर्मचारीको टोली समेत खटाईएको जानकारी दिएका हुन्।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा  उनले धनगढीमा  प्रयोगशाला सञ्चालनमा ल्याएर छिट्टै कोरोना भाईरसको नमूना परिक्षण थालिने बताए।

कमेन्ट लोड गर्नुस