सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिरालोमा पनि देखियो कोरोना भाइरसको संक्रमण

२०७६ चैत्र १६, ०१:५८ खबर संवाददाता

एक बिरालोमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ। इटाली हुँदै बेल्जियम फर्किएका कोरोनाभाइरस संक्रमित बिरामी मालिकबाट बिरालोमा सरेको बताइएको छ।

बिरालो बिरामी भएपछि उसको दिसा जाँच गर्दा कोरोनाभारस रहेको पत्ता लागेको द ब्रसेल्स टाइम्सले जनाएको छ। 

द ब्रसेल्स टाइम्सका अनुसार कोरोना देखिएको बिरालो र उसको मालिकको पनि उपचार भइरहेको छ।  यसअघि हङकङमा पनि दुई कुकुरमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो।-ऐजेन्सी

कमेन्ट लोड गर्नुस