सुदूर नेपाललाई विश्वसँग जोड्दै

युवतीले पुलिसलाई थुकेपछि(भिडियोसहित)

२०७६ चैत्र १६, ०१:३४

अष्ट्रेलियाको सिड्नीस्थित एक महिलाले पुलिस अधिकारीलाई थुकेकी छिन्। द गार्डियनका अनुसार शुक्रबार अपरान्ह पुलिसले ग्रिनेकरमा रोक्दा उनले आफ्नो गाडी १२० किलोमिटर माथिको गतीमा कुदाएकी थिइन् ।

स्रोतका अनुसार पछि उनलाई रोबर्टस् रोडमा प्रहरीले पक्राउ ग–यो। पुलिसले बाहिर निस्कन भनेपनि उनी अटेर भएर भित्रै बसिरहेकी थिइन्।  

जब उनलाई पुलिसले जबर्जस्ती कारबाट बाहिर निकाल्न खोज्यो तब २५ वर्षकी ती युवतीले पुलिसको अगाडि खोकिन् र उनलाई थुक्दै आफू कोभिड–१९ को परीक्षण गर्न यात्रा गरिरहेको बताइन्।

त्यसपछि उनीमाथि तीब्र गतीमा गाडी हुँइकाएको र ड्युटीमा रहेको प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा दर्ता गरियो। शुक्रबार उनी पारामाटा स्थानीय अदालतमा उपस्थित भइन्।

‘पुलिसले कुनै पनि अवस्थामा आफूमाथि भएको यस्तो व्यवहार सहन सक्दैनँ,’ एनएसडब्ल्यूका पुलिस असिस्टेन्ट कमिश्नर माइकल कर्बोइले भने।

ती महिलामा श्वासप्रश्वाससम्बन्धि कुनै समस्या देखिएको छैन यद्यपि, ती पुलिस अधिकारीको कोभिड–१९ परीक्षण गरिने जानकारी दिइएको छ।-ऐजेन्सी

भिडियो हेर्न यहाँ क्लिक गर्नुस

कमेन्ट लोड गर्नुस