सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्याङ्जामा तीन सय ९८ जना क्वारेन्टाइनमा, एक जान घर फिर्ता

२०७६ चैत्र १६, ०१:०६

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न क्वारेन्टाइनमा राखिएकाको संख्या शनिबारसम्म स्याङ्जामा करीब चार सय पुगेको छ।  क्वारेन्टाइनमा बस्दै आएका एक जना भने घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

जिल्लाका ११ वटै पालिकामा विभिन्न स्थानमा निर्माण गरिएका होम क्वारेन्टाइन र सेल्फ क्वारेन्टाइनमा बस्नेको संख्या ३९८ पुगेको हो। तीमध्ये २७ जना क्वारेन्टाइनमा  छन् भने एक जना सेल्फ क्वारेन्टाइनमा रहेको  जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए। क्वारेन्टाइनमा बस्नेको संख्या दैनिक रुपमा बढ्दै गएको र विदेशबाट आउनेको गाउँगाउँमा पुगेर खोज्ने कार्य चलिरहेकाले उपरीक्षक भण्डारीले बताए।

यसैबीच लकडाउनको अवज्ञा गरेर सवारी साधन चलाउने तीन कार र तीन मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही गरिएको  जानकारी दिँदै भण्डारीले लकडाउनको पूर्णपालना गरेर सहयोग गर्न सबैमा आग्रह गरे। रासस
 

कमेन्ट लोड गर्नुस