सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएका तीनैजनाको रिपोर्ट नेगेटिभ

२०७६ चैत्र १६, १२:५९ खबर संवाददाता

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएका तीनै जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ।

काठमाडौंको टेकुस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि तीनैजनालाई आज डिस्चार्ज गरिएको छ। कोरोनाको संक्रमण भएको आशंकामा उनीहरुलाई आइसोलेसनमा राखिएको थियो। प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले तीनै जनाको रिपोर्ट नेगेटिभ आएकाले १४ दिनसम्म घरमै क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरिएको जानकारी दिए।

यसअघि आइसोलेसनका अन्य दुई जनाको रिपोर्ट  पनि नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज गरिएको थियो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना आशंका गरिएका बिरामीहरुका लागि १० शैय्याको आइसोलेसन बनाइएको छ। गत बुधबारदेखि सन्चालमा आएको दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा पनि तीन जना बिरामी आइसोलेसनमा छन्। उनीहरुको स्वास्थ्य परीक्षण रिपोर्ट भने आउन बाँकी छ।
 

कमेन्ट लोड गर्नुस