सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको नमूना परीक्षण गरिने

२०७६ चैत्र १६, ०८:२४ खबर संवाददाता

धनगढीका ३४ वर्षीया कोरोना संक्रमित युवकको उपचार तथा निगरानीमा खटिने स्वास्थ्यकर्मीको पनि नमूना  परीक्षण  गरिने भएको छ। सेती प्रादेशिक अस्पतालले युवकको नमूना संकलन तथा उपचारमा संलग्न चिकित्सक सहितका अन्य स्वास्थ्यकर्मीको पनि  परीक्षण गर्ने तयारी गरेको हो।

 अस्पतालका प्रवक्ता डाक्टर जगदिशप्रसाद जोशीले संक्रमित युवकको सम्पर्कमा रहेका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीको थ्रोट स्वाबको नमूना संकलन गरी  परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भईरहेको बताए।

स्वास्थ्यकर्मीहरुले पर्सनल प्रोटेक्टिभ ईक्युमेन्ट पिपई(विशेष पोशाक) लगायतका व्यक्तिगत सुरक्षाका समाग्री बिना युवकको नमूना संकलन गरेकाले उनीहरुको पनि  परीक्षण गर्न लागिएको बताए।  

कमेन्ट लोड गर्नुस