सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका कोरोना संक्रमित युवकको नमूनासँगै पठाईएका अन्य ७ जनाको रिर्पोट नेगेटिभ

२०७६ चैत्र १६, ०८:०६ खबर संवाददाता

सेती प्रादेशिक अस्पतालमा कोरोना भाईरस(कोभिड–१९) को आशंकामा भर्ना भएका ७ जनाको रिर्पोट पनि नेगेटिभ आएको छ। कोरोनाको आशंकामा अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएपछि धनगढीका संक्रमीत युवकको नमूनासँगै उनीहरको थ्रोट स्वाब संकलन गरी पठाईएकोमा रिर्पोट नेगेटिभ आएको हो।

सेती प्रादेशिक अस्पतालको ईमरजेन्सी विभाग प्रमुख समेत रहेका प्रवक्ता डाक्टर जगदिशप्रसाद जोशीले उनीहरुको नमूना नेगेटिभ आएको जानकारी दिए। नमूना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाईएका मध्ये दुईजनाको रिर्पोट आउन बाँकी छ।   

कमेन्ट लोड गर्नुस