सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो

२०७६ चैत्र १६, ०६:०० खबर संवाददाता

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ। आईतबार बिहान ६ बजे सम्म उक्त भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३० हजार ६५२ पुगेको हो। इटलीमा मात्रै १० हजार २३ जनाको मृत्यु भइसकेको छ। स्पेनमा मृतकको संख्या ५ हजार ८१२ पुगेको छ।

संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा छ। त्यहाँ अहिलेसम्म १ लाख १६ हजारभन्दा बढिमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ। मृतकको संख्या भने त्यहाँ इटली, स्पेन, चिन, फ्रान्स र इरानमा भन्दा कम छन्।

९२ हजार संक्रमित भएको इटलीमा १० हजार २३, ७२ हजार संक्रमित भएको स्पेनमा ५ हजार ८१२, ८१ हजार संक्रमित भएको चिनमा ३ हजार २९५, ३५ हजार संक्रमित भएको इरानमा २ हजार ५१७ र ३७ हजार ५ सय संक्रमित भएको फ्रान्समा २ हजार ३१४ जनाले ज्यान गुमाएका छन्। जबकी १ लाख १६ हजारमा संक्रमण हुँदा १९४३ जना अमेरिकी नागरिकले ज्यान गुमाएका छन्।

१७ हजारमा संक्रमण हुँदा १०१९ जना बेलायतीको निधन भएको छ। विश्वभर कुल संक्रमितमध्ये १ लाख ४० हजार भने उपचारपछि निको भएका छन्।
 

कमेन्ट लोड गर्नुस