सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरियामा रहेका नेपालीले १ करोड १५ लाख रुपैयाँ सहयोग गर्ने

२०७६ चैत्र १५, ०४:११ खबर संवाददाता

कोरोना भाइरसविरुद्ध लडिरहेको नेपाललाई सहयोग गर्न कोरियामा रहेका नेपालीहरुले १ करोड १५ लाख रुपैयाँ (११ करोड ९८ लाख ९३ हजार ४ सय २२ वोन) संकलन गरेका छन्।

गैरआवासीय नेपाली समन्वय समिति (एनआरएनए) दक्षिण कोरियाको नेतृत्वमा  ‘एक व्यक्ती, एक किट’ अभियान अन्तरगत यहाँका नेपालीहरुले उक्त रकम संकलन गरेका हुन्।

उठेको रकमबाट पहिलो चरणमा २ हजारको संख्यामा कोरोना परीक्षण उपकरण (किट)  नेपाल पठाउने र दोस्रो चरणमा अन्य सामग्रीहरु र उपकरणहरु पठाउने एनआरएनए  कोरिया संघका महासचिव बिमल  सुवेदीले जानकारी दिए।

कमेन्ट लोड गर्नुस