सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा ज्याला मजदुरीबाट आय स्रोत गुमेकालाई राहत प्याकेज

२०७६ चैत्र १५, ०१:५८ खबर संवाददाता

धनगढी: सुदूरपश्चिममा ज्याला मजदुरीबाट आय स्रोत गुमेका मजदुरका लागि प्रदेश सरकारले राहत प्याकेज ल्याउने भएको छ।

विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट जोगिन गरिएको लकडाउनपछि ज्याला मजदुरीबाट आय स्रोत गुमेका तथा गरिबीको रेखामुनी रहेकाहरुका लागि राहात प्याकेज उपलब्ध गराईने भएको हो।

आज बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले राहात प्याकेज आर्थिक मामिला तथा योजना मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवंम आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले अर्थ मन्त्रालयले स्थानीय तह र संघिय सरकारसँग समन्वय गरी राहात प्याकेज उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।

सुदूरपश्चिममा लकडाउनपछि दैनिक ज्याला मजदुरी गरी गुजरा चलाउदै आएकाहरु समस्यामा परेका छन्। 

 

कमेन्ट लोड गर्नुस