सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा सुदूरपश्चिमका एकजनाको मृत्यु

२०७६ चैत्र १५, १२:२२ खबर संवाददाता

भारतमा सुदूरपश्चिमका एकजनाको मृत्यु भएको छ। रोजगारीको सिलसिलामा भारतको महाराष्ट्रमा रहेको डोटीको बोगटान गाउँपालिका वडा नम्बर ७ का कलम पन्छालको मृत्यु भएको हो।

गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले महाराष्ट्रकै एक अस्पतालमा भर्ना भएका पन्छालको उपचारका क्रममा मृत्यु भएको बताए।

उनका अनुसार पन्छालको मृत्यु भएको खबर परिवारका सदस्यले आज मात्र थाहा पाएका हुन्। उनी दीर्घ रोगी भएपनि मृत्युको कारण भने शव परिक्षणपछि मात्र खुल्ने बताईएको छ। 

कमेन्ट लोड गर्नुस