सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका कोरोना संक्रमित व्यक्तिका ८ जना परिवारका सदस्यलाई अस्पताल ल्याईदै

फाईल फोटो
फाईल फोटो
२०७६ चैत्र १४, १०:१० खबर संवाददाता

धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररथ एक व्यक्तिमा कोरोना भाइरस (कोभिड(१९) का संक्रमत भेटिएपछि उनका परिवारका सदस्यलाई अस्पताल ल्याउन थालिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ति युवकका परिवारका सदस्यलाई अस्पताल ल्याउन थालिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार संक्रमित व्यक्तिका परिवारका ८ जना सदस्यलाई निगरानीमा राख्न ल्याउन लागिएको छ। उनीहरुलाई पनि निगरानीमा राखिने उनले जानकारी दिए। 

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको थियो। उनी चैत ८ गते काठमाडौँ–नेपालगञ्ज हुँदै धनगढी आएका थिए।

ति युवक युएईको दुबईबाट भारतको राजधानी दिल्लै हुँदै काठमाडौँ पुगेका थिए। २१ मार्च अर्थात चैत ८ गते काठमाडौँबाट नेपालगञ्ज हुँदै धनगढी पुगेका थिए। उनी बुद्ध एयरको विमानबाट नेपालगञ्ज पुगेका थिए। उक्त कुराको बुद्ध एयर नेपालगञ्जका ईन्चार्ज दिनेश साहले पुष्टि गरेका छन्। 

८ गते धनगढी पुगेका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए। उनीमा कोरोना संक्रमणको पुष्टि आज मात्रै भएको हो। उनको स्वाब अस्पतालले संकलन गरेर टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो जहाँ परीक्षण हुँदा कोरोना पोजेटिभ पाइएको हो। 

कमेन्ट लोड गर्नुस