जिल्ला प्रशासन कैलालीले मौज्दात रहेका अत्यावश्यक बस्तुको लगत संकलन गर्दै
धनगढी: देशभर लकडाउन भएको अवस्थामा कैलालीमा अत्यावश्यक बस्तुको अभाव सृजना हुँन नदिन जिल्ला प्रशासन कार्यालयले लगत संकलन गर्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको बैठकले जिल्लामा मौज्दात रहेका बस्तुको लगत संकलन गर्नेे निर्णय गरेको हो।
कार्यालयले जिल्लामा दाल, चामल, तेल, नुन लगायत खाद्य सामग्री, औषधि र पेट्रोलियम पदार्थको लगत संकलनका लागि सम्बन्धित निकायसँग विवरण माग गरेको छ।