सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा माटोको ढिस्कोमा पुरिएर दुईजना घाइते

२०७६ चैत्र १४, ०२:५० खबर संवाददाता

प्रताप ओली, बझाङ: बझाङमा माटोको डिस्कोमा पुरिएर दुई जना घाइते भएका छन्। जिल्लाको जयपृथ्वी नगरपालिका–३ मा पर्ने आमपाटा भन्ने ठाउँमा माटो कोर्ने क्रममा ढिस्को झरेपछि दुई जना घाइते भएका हुन। 

घाइते हुनेमा जयपृथ्वी नगरपालिका–३ की ४५ वर्षीया जलादेवी रोकाया र २५ वर्षीया तुलसा रोकाया घाइते भएका हुन्। स्थानीयले माटोको ढिस्कोमा च्यापिएको थाहापाएपछि दुवै जनालाई माटो बाहिर निकालेको थिए।

घाइते दुवैको कम्मरको हड्डिमा चोट लागेको छ। घाइते जलादेवी रोकायाको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ भने तुलसालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको जिल्ला अस्पतालका सिमखेतका डा. सन्दिप ओखेडाले बताए। 

बझाङमा नयाँ वर्षको सुरुवातसँगै घर पोत्नका लागि माटो ल्याउन जाँदा वर्षेनी माटोको ढिस्कोले पुरिएर धेरैको ज्यान जाने गरेको छ।

कमेन्ट लोड गर्नुस