सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चाउचाउ पानी वितरण

२०७६ चैत्र १४, १२:५५ खबर संवाददाता

कञ्चनपुरका चार युवाले सीमा क्षेत्र र राजमार्ग क्षेत्रमा खटिएका सुरक्षाकर्मी र स्वाथ्यकर्मीलाई चाउचाउ तथा पानी वितरण गरेका छन्। विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण फैलिन नदिन अहोरात्र खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई सतारुढ नेकपा क्षेत्र नम्बर २ का संचिव चन्द्रकान्त भट्ट(सिके) नेतृत्वको  युवाहरुले शुक्रबार भीमदत्त नगरपालिका राजमार्ग र सीमा क्षेत्रमा खटिका सुरक्षाकर्मी स्वाथ्यकर्मीलाई चाउचाउ पानी वितरण गरेका हुन्।

पूर्व पश्चिम महेन्द्रराजमार्ग भीमदत्त नगरपालिका १ भाँसीदेखि महेन्द्रनगर बजार हुँदै गड्डाचौकी र सीमा क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रोत्साहनका लागि नास्ता स्वरुप चाउचाउ र पानी वितरण गरेको उनीहरुले बताएका छन्। नेकपा क्षेत्र नम्बर २ का सचिव सिके नेतृत्वमा युवा एव स्थानीय कृष्ण कलौनी (केपी), करन कार्की र आनसिह मालले एक सुरक्षास्वास्थ्यकर्मी एक पानी चाउचाउ वितरण गरेका छन्।

उनीहरुले गड्डाचौकीमा भीदत्त नगरपालिकाले स्थापना गरेको हेल्थडेस्कका स्वास्थ्यकर्मी र सीमादेखि भाँसीसम्म खटिएका प्रहरी ट्राफिक प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षाकर्मीलाई चाउचाउपानी दिएका थिए।  विश्वभरी कोरनाको महामारी फैलिएको समयमा अहोरात्र रुपमा खटिएका सुरक्षँकर्मी र स्वाथ्यकर्मीको हौसलाका लागि अभियान थालिएको नेकपा क्षेत्र नम्बर २ का सचिव चन्द्रकान्त भट्ट (सिके) ले बताए ।

‘अहिले हामीहरुको सुरक्षामा भोकप्यास नभनिकत जुन रुपमा सुरक्षाकर्मी खटिएका छन, त्यही रुपमा हामी जनताले समेत सहयोग गर्नुपर्छ, ‘उनले भने, ‘त्यही सोचाईका साथ सानै सहयोग लिएर आएका हौँ ।’ कोरना न्यूनिकरणका लागि सरकारले लकडाउन गरेको अवस्थामा अहोरात्र रुपमा खटिएका सुरक्षाकर्मीको प्रोत्साहन मनोबल उच्च राख्नुपर्ने उनको सुझाव छ।  

कमेन्ट लोड गर्नुस