कोरोनाको जोखिमबाट बचेर समाचार संकलन गर्न पत्रकार महासंघ कैलालीको आग्रह
नेपाल पत्रकार महासंघ कैलाली शाखाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिएर समाचार संकलन गर्न आग्रह गरेको छ। महासंघका अध्यक्ष जगत साउँदले विज्ञप्ती जारी गर्दै समाचार संकलनका क्रममा कोरोना भाईरसको जोखिम हुने भन्दै सुरक्षित रुपमा काम गर्न आग्रह गरेका हुन्।
साउँदले स्वास्थ्य र सुरक्षा महत्वपूर्ण भएकाले जोखिम मोलेर समाचार संकलनमा नजान पनि अपिल गरेका छन्। सरकारले कोरोनाको संक्रमण रोकथामका लागी अबलम्वन गरेको लकडाउनमा सहयोग पुगाउन आम पत्रकारको दायित्व अझ बढी हुन जान्छ भन्ने महासंघको ठहर छ।
जारी विज्ञप्ती उल्लेख छ। रिपोर्टिङका क्रममा समाचार संकलन गर्नेले मात्र सवारी साधन चलान तथा आवश्यक परे महासंघसंग पनि समन्वय गर्न भनिएको छ।