सुदूर नेपाललाई विश्वसँग जोड्दै

हङकङमा एक नेपालीलाई कोरोना संक्रमण

२०७६ चैत्र १३, ०९:१७ खबर संवाददाता

हङकङमा एक नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। एक नेपालीमा कोरोना संक्रमण देखिएको हङकङस्थित नेपाली महाबाणिज्य दूताबासले जनाएको छ। समाचारहरुमा जनाइएअनुसार संक्रमित नेपाली हङकङकै चर्चित नाइट हव लाङ्काई फोङ्मा बार कार्यरत थिए।

पछिल्लो समय कोरोनाको संक्रमण विश्वभर फैलिरहेका बेला क्वारेन्टाइनमा राखिएकाहरु पनि यो बारमा गएका थिए। त्यही कारणा क्लबका कर्मचारीलाई कोरोना संक्रमण भएपछि अरूको पनि परीक्षण गरिएको थियो। त्यसक्रममा नेपाली नागरिकको पोजेटिभ रिपोर्ट आएको र उनको अहिले नर्थ डिष्ट्रिक अस्पतालमा उपचार भइरहेको छ।

हङकङस्थित महावाणिज्य दूतावासले भने बिहीबार विज्ञप्ति जारी गर्दै सम्पुर्ण नेपालीहरुलाई सर्तक रहन अपिल गरेको छ।
 

कमेन्ट लोड गर्नुस