सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोभिड– १९ः चौधरी ग्रुपद्वारा सुदूरपश्चिमका लागि स्वास्थ्य सामग्री सहयोग

२०७६ चैत्र १३, ०७:२७ खबर संवाददाता

धनगढी: कोभिड– १९ को नियन्त्रणका लागि चौधरी ग्रुप अन्तरगतको चौधरी फाउन्डेसनले स्वास्थ्य सामग्री सहयोग गरेको छ। फाउन्डेसनले सुदूरपश्चिमका विभिन्न स्वास्थ्य संस्थालाई कोभिड– १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्याआवश्यक स्वास्थ्य सामग्री जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत हस्तान्तरण गरेको हो। 

बिहिबार फाउन्डेसनले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), अक्सिजन जेनेरेटिङ्ग उपकरणहरु, सर्जिकल मास्कजस्ता सामग्री प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई हस्तान्तरण गरेको छ। 

स्वास्थ्य सामग्री बुझ्दै प्रजिअ बोहाराले निजी क्षेत्रको सहयोग सराहनीय भएको बताएका छन्। “सिंगो विश्व कोभिड–१९ विरुद्ध लडिरहँदा नेपाल पनि एकजुट भएर यो संक्रमणसँग जुधिरहेको छ। कोभिड–१९ विरुद्ध हरेक नागरिक तथा सरकारको सत्प्रयासमा चौधरी ग्रुप जस्तो निजी क्षेत्रको सहयोग सराहनीय छ। यो सहयोगले तात्कालिन सेवा प्रवाहमा ठूलो भूमिका खेल्नेछ”  उनले भने। 

फाउन्डेसनले कोभिड–१९ संक्रमितको उपचारका लागि तयारी गरिरहेका देशभरिका स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक सामग्री उपलब्ध गराइरहेकोे र आगामी दिनहरुमा पनि उक्त प्रयास जारी राख्ने जनाएको छ। 

कोभिड–१९ उपचारका लागि आवश्यक सहयोग पुरÞ्याउनका निमित्त तथा जोखिमपूर्ण अवस्थामा रहेका स्वास्थ्य संस्थामा पिपिई लगायत अन्य आवश्यक सामग्री अभाव नहोस भनेर फाउन्डेसनले हेल्पलाइन सेवा समेत शुचारु गरेको छ। जसका लागि हेल्पलाइन नम्बर ९८५११७२३९८, ९८०१०६७४४३ र ९८०२०२०९५३ मा सम्पर्क गर्न सकिनेछ।
 

कमेन्ट लोड गर्नुस