सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको यो टोल, जहाँ अपरिचित व्यक्तिलाई प्रवेश निषेध छ

२०७६ चैत्र १३, ०७:०६ खबर संवाददाता

धनगढी: विश्वव्यापी कोभिड– १९ को महामारी फैलिरहँदा कैलालीका एक टोलवासीले आफ्नो टोलमा कोरोना नफैलियोस भनेर गज्जबको जुक्ति निकालेका छन्। टोलवासीले अपरिचित व्यक्तिलाई टोलमा निषेध गरेका छन्।

कैलालीको गौरीगंगा नगरपालीका– ९ का टाेलवासीले अपरिचित व्यक्तिलाई आफ्नो टोलमा  प्रवेश गर्न रोक लगाएका हुन। उनीहरुले टोलको प्रवेशद्धार बन्द गरेर ‘अपरिचित व्यक्तिलाई टोल प्रवेश निषेध, आफु बचौं अरुलाई पनि बचाऔं’ भन्ने पम्प्लेट टाँसेका छन्। 

नेपालमा अहिलेसम्म तिन जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। सरकारले देशभर मंगरबारदेखि एक हप्ता लकडाउन गरेको छ। 

कमेन्ट लोड गर्नुस