सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पशुपन्छी रोग अन्वेषण प्रयोगशालाद्वारा सय सेट पिपिई सहयोग

२०७६ चैत्र १३, ०४:०४ खबर संवाददाता

धनगढी:  पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले स्वास्थ्य निर्देशनालय डोटीलाई १०० सेट पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपिई) उपलब्ध गराएको छ। 

बजारमा कोभिड–१९ का शंकास्पद विरामीको निगरानीमा खटिने स्वास्थ्य कर्मचारीलाई आवश्यक पर्ने विशेष खालको पोशाक पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपिई)को अभाव भएपछि प्रयोगशालाले ती सेट उपलब्ध गराएको हो। 

निर्देशनालयले माग गरेपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सिफारिस अनुसार १०० सेट पिपिई उपलब्ध गराएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पशु चिकित्सक तपेन्द्रप्रसाद बोहराले बताए। ‘उहाँहरुलाई आवश्यक परेको बेला हामीसँग स्टक भएका पिपिई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेका छौ’ उनले भने।

कमेन्ट लोड गर्नुस