सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘लकडाउन’ को समयमा तपाई कसरी बस्नुभएको छ ? भिडियो सन्देश पठाउनुहोस्

लकडाउनमा सुनसान धनगढी बजार
लकडाउनमा सुनसान धनगढी बजार
२०७६ चैत्र १३, ०३:४४ खबर संवाददाता

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९) को संक्रमणबाट बच्न विश्वका अधिकांश देशले केही समयका लागि लकडाउन गरेका छन्।

नेपालले पनि गत मंगलबारदेखि तत्काल एक हप्ता सम्म देशलाई लकडाउन गरेको छ। लकडाउनको समयमा बाहिर ननिस्कीएर सुरक्षित रुपमा घर भित्रै बस्न अपिल गरिएको छ।

यो समयमा तपाई कसरी बस्नुभएको छ ? खासगरी नेपालबाट अन्य मुलुकमा रोजगारी तथा अन्य कामको सिलसिलामा विभिन्न मुलुकमा रहेकाहरु कसरी बस्नुभएको छ ?

हामीलाई दिनेश खबरको फेसबुक पेज, इनबक्स तथा इमेल [email protected] मार्फत आफ्नो स्थितीबारेको भिडियो सन्देश बनाएर पठाउनसक्नुहुनेछ। तपाईको भिडियो सन्देशलाई हामी अरुलाई पनि शेयर गर्नेछौँ भने अरुलाई पनि सुरक्षित रुपमा बस्न प्रेरित गर्नेछ। दिनेश खबर

 

कमेन्ट लोड गर्नुस