सुदूर नेपाललाई विश्वसँग जोड्दै

मास्कमा कालोबजारी गरेको भन्दै धनगढीको शुभारम्भ फार्मेसीलाई २० हजार जरिवाना

२०७६ चैत्र १३, ०२:४२ खबर संवाददाता

धनगढीको शुभारम्भ फार्मेसीलाई २० हजार जरिवाना गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ मा रहेको शुभारम्भ फार्मेसीलाई २० हजार जरिवाना गरिएको हो। संयुक्त बजार अनुगमन समितिले अनुगम गर्दा दर्ता र साईन वोर्डको नाममा एक रुपता नभेटिएको तथा खरिद विल उपलब्ध नहुँदा २० हजार जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल पुनमगरले बताए।

‘फार्मेसीमा विक्रि गर्न राखिएको मास्कको खरिद विल भेटिएन’ उनले भने, ‘त्यस कारण कालोबजारी गरेको हुन सक्ने आशंकामा जरिवाना गराईएको हो।’ दर्ता प्रमाणपत्रमा हाम्रो शुभारम्भ फार्मेसी लेखिएको भएपनि साईनवोर्डमा भने शुभारम्भ फार्मेसी मात्रै लेखिएको उनले बताए। यो संगै धनगढीका अन्य क्षेत्रमा समेत बजार अनुमगन गरिएको छ।

ग्यास अभाव देखिने सम्भावना बढेकाले आपुर्ती गर्नुपर्ने वाणिजय कार्यालय धनगढीले जनाएको छ। खाद्य आपुर्तीको अवस्था अहिले सामान्य भएपनि खुद्रा पसलहरुमा सामान सकिन थालेको छ।

कमेन्ट लोड गर्नुस