सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लकडाउन उल्लङ्घन गरी चलाईएका २७ सवारी साधन प्रहरीको नियन्त्रणमा

२०७६ चैत्र १३, ११:४७ खबर संवाददाता

कैलालीमा लकडाउनको उल्लङ्घन गरी चलाईएका २७ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले लकडाउन उल्लङ्घन गरी चलाईएका २७ मोटरसाईकल र एउटा अटो रिक्सा नियन्त्रणमा लिईएको जानकारी दिए।

सवारी साधन नियन्त्रणमा लिएपनि चालकलाई भने सम्झाईबुझाई गरी छोडिएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस