सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्री सुवेदीको फेरियो बोली–कोरोना परीक्षणको मेसिन मंगलवार भित्रै धनगढी पुग्छ

२०७६ चैत्र १३, ११:१९ खबर संवाददाता

धनगढी : सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले कोरोना परीक्षणको मेसिन मंंगलवार भित्रै धनगढी पुग्ने बताएका छन्। यसअघि यो आर्थिक बर्षमा कोरोना परिक्षणको प्रयोगशाला स्थापना सम्भव नभएको बताएका मन्त्री सुवेदीले अव मंगलवार भित्रै मेसिन धनगढी पुग्ने बताएका हुन्।

कोरोनो परीक्षण प्रयोगशालाका लागि अर्को वर्ष बजेट छुट्याउछौ भन्ने समाचार दिनेश खवरमा प्रकाशन भएपछि मन्त्री सुवेदीले मंगलवार भित्रै मेसिन धनगढी पुगाउने आश्वासन संघीय सरकारले दिएको बताए। मन्त्री सुवेदीले दिनेश खवरलाई भने, ‘ तपाईको समाचार आएपछि मैले माथि कुरा गरे, संघीय सरकारले चीनबाट मेसिन मगाईरहेको छ। मंगलवार भित्रै धनगढी मेसिन पुगाउने आश्वासन पाएका छौ। त्यसपछि परिक्षण धनगढीमै हुन्छ।’

संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई सिंहदरबारमा बोलाएर कोरोना भाइरस जाँचका लागि प्रदेशमै प्रयोगशाला स्थापना गर्न निर्देशन दिएको आज १२ दिन पुगिसकेको छ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत २ गते सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई सिंहदरबारमा बोलाएर कोरोना भाइरस जाँचका लागि नमूना संकलन गरेर वा बिरामीलाई केन्द्रमा पठाउने कार्य जोखिमपूर्ण र जटिल भएकाले प्रदेशमै प्रयोगशाला स्थापना गर्न निर्देशन दिएको थियो।

कमेन्ट लोड गर्नुस