सुदूर नेपाललाई विश्वसँग जोड्दै

डाक्टर तथा स्टाफ नर्सका लागि आवेदन आह्वान

२०७६ चैत्र १३, ०९:००

सरकारले डाक्टर तथा स्टाफ नर्सको लागि आवेदन मागेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातरसात जना जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्ट तथा २० जना मेडिकल अधिकृत र सय जना स्टाफ नर्सको लागि आवेदन मागेको हो। 

जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्टको लागि स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने मेडिकल अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस गरेको हुनुपर्नेछ। यस्तै स्टाफ नर्सले मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ। 

आवेदन दिनको लागि सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। आवेदन दिन एक हप्ताभित्र [email protected] मा पठाउन सकिन्छ। कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवेदन मागेकाले पहिलो आवेदक पहिलो प्राथमिकता र योग्यताका आधारमा करार नियुक्त गरिने पनि मन्त्रालयले जनाएको छ। 

कमेन्ट लोड गर्नुस