सुदूर नेपाललाई विश्वसँग जोड्दै

अपरिचित व्यक्तिलाई गाउँमा प्रवेश निषेध

। फोटो स्रोत ।
२०७६ चैत्र १३, ०५:५३

मोरङको बुढीगंगा गाउँपालिका १ को खद्रापुलमा ढाँट लगाएर गाउँलाई लकडाउन गरिएको छ। लालीगुरास टोलसुधार समुहले बुधबार विराटनगरको पूष्पलाल चोक हुँदै टंकीसिनुवारी निस्क्निे भित्री सडकमा बाँस तेस्र्याएर टोल प्रवेशमा रोक लगाएका हुन्।

टोलसुधार समितिले अपरिचित व्यक्तिलाई टोलमा प्रवेश निषेध लेखिएको बोर्ड टाँसेका छन्। पुलमा ढाँट लगाएर बाहिरका मानिसलाई आवतजावतमा रोक लगाइएको छ। टोल समितिको व्यानरमा कोरोनाबाट आफुलाई पनि बचाउन र अरुलाई पनि बचाउन आग्रह गरिएको छ।

प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको निवास टोल लकडाउन गरिएको स्थानबाट करिव दुईसय मिटरको दुरीमा छ। त्यसैगरी सामाजिक विकास मन्त्री जीवन घिमिरेको निवासबाट करिव पाँच सयको दुरीमा पर्छ।
 

कमेन्ट लोड गर्नुस