सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला अस्पताल बझाङमा २५ बेडको आइसोलेसन वार्ड

२०७६ चैत्र १२, ०५:५८ डीवि विष्ट

बझाङ: कोभिड– १९ रोकथामका लागि जिल्ला अस्पताल बझाङले २५ बेडको आइसोलेसन वार्ड तयार पारेको छ।

मंगलबारसम्म ६ बेडको मात्रै आइसोलेसन वार्ड भएकोमा बुुधबार १९ बेड थपेर जम्मा २५ बेडको नयाँ आइसोलेसन वार्ड तयार पारिएको जिल्ला अस्पताल बझाङका कार्यालय प्रमुख डाक्टर सन्दिप ओखेडाले बताए।  

तिमध्ये नेपाल रेडक्रस सोसाइटी र नेपाली सेनाको सहयोगमा ४ बेडसहितको टेण्टमा आइसोलेसन निर्माण गरिएको  छ। कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला अस्पताल बझाङले औषधि, स्वास्थ्यकर्मी तथा अन्य सामाग्रीहरुको समेत पूर्वतयारी पुरा गरेको डाक्टर सन्दिप ओखेडाले जानकारी दिए। जिल्लामा विशेषज्ञ नभएका कारण आइसीयू चलाउन नसकीने समेत उनले बताए। 

यस्तै जिल्लामा स्थानीय तहले समेत आइसोलेसन वार्ड तयार पार्दैछन्। अहिलेसम्म जिल्लाको सुर्मा गाउँपालिका र जय पृथ्वी नगरपालिकाले आइसोलेसन वार्ड तयार गरेका छन्।  

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस