सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा मृत्यु भइसक्यो भनेर छाडिएका युवा यसरी १५ घण्टापछि बाँचेर आए

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७६ चैत्र १२, ०५:४२

बझाङ: बझाङको सुर्मा गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय शेरबहादुर बोहरा जडीबुटी संकलनका क्रममा मंगलबार साँझ ५ बजेतिर ठूलो भीरबाट लडेर फेरि भीरमै अड्किए। 

उनका साथमा जडीबुटी संकलन गर्न गएकाहरु उनी धौलाभीर भन्ने स्थानमा लडेपछि मरिसक्यो भन्दै घर फर्किएका थिए। तर शेरबहादुरकै आफन्त फेरी हेर्न गाउँबाट त्यस ठाउँमा जाँदा भीरमै अड्कीराखेको अवस्थामा भेटिएको स्थानीय टोपबोहराले बताए।

हिडिरहेको स्थानबाट करिव २०० मिटर तल खसेका बोहराले बाटो नपाउँदा एक रात त्यही बिताउन बाध्य भएका थिए। उनी रहेको स्थान वरपरि भीरैभीर र तल ठूलो खोला थियो।

उनको उद्धारका लागि नेपालगञ्जबाट नेपाली सेनाको हेलिकप्टर मगाइएपनि हेलिकप्टबाट उद्धार गर्न नसकिउपछि हेलिकप्टर पानकोटस्थित नेपाली सेनाको ब्यारेकमा आएर अवतरण भएको थियो। गाउँपालिकाले व्यहोर्नेगरी हेलिकप्टर चार्टर गर्न खोजिएको सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताए।

लडेका बोहरालाई हेलिकप्टरबाट उद्धार गर्न नसकिएपछि गाउँलेहरुले आफैले बाटो बनाइ १५ घण्टापछि उद्धार गरेको उनका आफन्त टोपबहादुर बोहराले बताए। उनलाई लडेको स्थानबाट सदरमुकाम चैनपुरमा उपचारका लागि ल्याउन करिब ७ घण्टा लाग्ने स्थानीयले जनाएका छन्। 

उनलाई ल्याउन बीच बाटोसम्म एम्बुलेन्स पठाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए। 
 

कमेन्ट लोड गर्नुस