कैलालीमा ‘लकडाउन’ उल्लघन गर्दा ९२ सवारी नियन्त्रण
२०७६ चैत्र १२, ०२:१३
धनगढी : कैलालीमा ‘लकडाउन’ उल्लंघन गर्दा ९२ सवारी नियन्त्रणमा लिईएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका निकायले ट्रक, अटो र मोटरसाईकल गरी ९२ वटा सवारी साधन नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले सवारी साधन नियन्त्रणमा लिएपनि चालक र सवारहरुलाई भने सम्झाईबुझाई छोडिएको बताए।
हिजो पनि लकडाउन उल्लंघन गर्ने डेढ सय बढि सवारी साधन नियन्त्रणमा लिईएको थियो।
कमेन्ट लोड गर्नुस