धनगढीको फ्लोरा होटलको क्वारेन्टाईनमा तीन जनालाई राखियो
भारतबाट फर्किएका तीन जनालाई धनगढीको फ्लोरा होटलको क्वारेन्टाईनमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले भारतबाट फर्किएका व्यक्तिलाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा राख्नुपर्ने प्रावधान अनुसार तीन जनालाई फ्लोरा होटलमा राखिएको बताए।
यस्तै जिल्लाको बर्दोगोरिया गाउँपालिकाको मोहन्याल माध्यमिक विद्यालयको क्वारेन्टाईनमा पनि १५ जनालाई राखिएको छ। भारतबाट फर्किएकाहरुलाई अन्य स्थानीय तहमा पनि क्वारेन्टाईन स्थापना गरी व्यवस्थापन गरिएकाले विवरण संकलन भईरहेको प्रहरीले जनाएको छ।