भारतबाट फर्किएका ४६ जनालाई टीकापुर र लम्कीको क्वारेन्टाईनमा राखियो
भारतबाट फर्किएका कैलालीका ४६ जनालाई टीकापुर र लम्कीचुहा नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाईमा राखिएको छ। टीकापुर नगरपालिकाले टीकापुर बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाईमा २७ जनालाई राखिएको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए।
रावलका अनुसार क्वारेन्टाईनमा राखिएका मध्ये एकजना बर्दियाका समेत छन्। यस्तै लम्कीचुहा नगरपालिकाको वडा नम्बर ९ प्रतापपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाईनमा पनि १९ जनालाई राखिएको छ।
ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्दले भारतबाट फर्किएका चार बालक सहित १९ जनालाई क्वारेन्टाईनमा राखिएको जानकारी दिए। उनीहरुले अब १४ दिन सम्म क्वारेन्टाईनमा बस्नुपर्नेछ।