सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाइरसका कारण अमेरिकामा एक नेपालीको मृत्यु

२०७६ चैत्र ११, ०७:३४ खबर संवाददाता

कोरोना भाइरसकाे संक्रमितबाट अमेरिकामा एक नेपालीको मृत्यु भएको छ। न्युयोर्कमा बस्दै आएका पुर्ख्यौली घर पाँचथर भएका रमेश (लीला) सम्वाहाङ्फेको मंगलबार मृत्यु भएको हो।

पाँचथरको रानी गाउँमा जन्मिएका सम्वाहाङ्फे लामो समयदेखि परिवारसहित अमेरिकाको न्युयोर्क बस्दै आएका थिए।

उनले अमेरिकामा रहेर ह‍ोटल तथा ट्याक्सी व्यवसाय सञ्‍चालन गरिरहेका थिए। साविक रानीगाउँ-४ निवासी उनको कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण निधन भएको जानकारी उनकी भतिजी अमृता लिम्बूले दिएकी छन्। 

कमेन्ट लोड गर्नुस