सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवन : आइसोलेसनमा मृत्यु भएका युवकलाई कोरोना नभएको पुष्टी

२०७६ चैत्र ११, ०५:२४ खबर संवाददाता

चितवनको भरतपुरमा रहेको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका युवकको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज भएको खुलेको छ।  टेकु प्रयोगशाला श्रोतले उज्यालोलाई दिएको जानकारी अनुसार वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज हो। 

यादवको उपचारका क्रममा ज्यान गएको भरतपुर कोरोना विशेष अस्थाई अस्पतालले जनाएको छ। यादवको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि टेकु लगिएको थियो। पहिलेदेखि नै लुपुस भन्ने रोग लागेका यादवका मिर्गौला समेत कमजोर रहेको र निमोनिया र ज्वरो आएपछि  चैत ९ गते अस्पतालमा भर्ना गरिएकोमा मंगलबार बिहान ९ बजे ज्यान गएको कोरोना विशेष अस्थाई अस्पतालले जनाएको छ। यादवलाई आइसोलेसनमा राखिएको थियो। 
 

कमेन्ट लोड गर्नुस