सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीले कोरोना रोकथामका लागि एक महिनाको तलब दिने
२०७६ चैत्र ११, ०४:२९
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सहितका मन्त्रीहरुले विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको रोकथामका लागि एक महिनाको तलब दिने भएका छन्।
आज बसेको मन्त्रीपरिषद् बैठकले कोरोना रोकथामका लागि प्रदेश राहात कोषमा मुख्यमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिने निर्णय भएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए।
कमेन्ट लोड गर्नुस